लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
प्यूठान

        Loading...
nepal

हाम्रो बारेमा

    घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन तथा विकास कार्य प्रभावकारी रुपमा संचालन गरी संस्थागत रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले गठन आदेश २०३१ बमोजिम घरेलु तथा ग्रामिण उद्योग विकास समितिको स्थापना भएको हो । परिवर्तित परिप्रेक्षमा यसका कार्य क्षेत्रलाई बृद्वी गरी अझ बढी सक्षम र प्रभावकारी बनाउन २०४९ सालमा घरेलु तथा साना उद्योग विकास समिति नामाङ्कन गरी तत्काल विद्यमान कार्य क्षेत्रलाई ४८ जिल्लामा विस्तार गरी प्यूठान जिल्लालाई पनि उद्योग प्रशासनका थप जिम्मेवारी सुम्पिएको र आ.व.०६२/०६३ बाट वाणिज्य प्रशासन तर्फको समेत जिम्मेवारी पाई कार्य गर्दै आइरहेको छ।
उद्देश्यः लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन विकास र विस्तार गरी रोजगरी अभिबृद्धी गर्ने तथा सिपमूलक तालिम संचालनबाट वेरोजगर युवा, युवतीहरुको बेरोजगारीको स्थिती अन्त्य गरी गरिवी निवारणमा मद्दत गर्ने ।